काठमाडौं। नेपालको फिनटेक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। फिनटेक एलायन्स नेपाल ले आयोजना गर्न लागेको यस तीन दिने एक्स्पोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ।
पहिलो संस्करणको सफलतापछि अझ भव्य रूपमा आयोजना गर्न लागिएको यस वर्षको एक्स्पोमा ६५ भन्दा बढी एक्जिबिटर बुथ र दुईवटा एक्सपिरियन्स जोन रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा आर्टिफिसियल इन्टेलिजेन्स , डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, इम्बेडेड फाइनान्स र लेन्डिङ टेक्नोलोजी लगायतका अत्याधुनिक वित्तीय प्रविधिहरूको प्रदर्शन गरिनेछ। यसका साथै विभिन्न कम्पनीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाहरूको औपचारिक सुरुवात समेत गर्ने कार्यक्रम रहेको छ।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, स्टार्टअप, प्रविधि कम्पनी र सर्वसाधारण गरी ६,००० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ। एक्स्पोको उद्घाटन समारोह पहिलो दिन अक्टोबर ९ मा हेरिटेज गार्डेन परिसरकै ‘क्लासिक भेन्यु’ मा हुनेछ।
यस वर्षको संस्करणमा पहिलो पटक ‘प्रिमियम लाउन्ज सर्भिस’ को व्यवस्था गरिएको छ, जहाँ प्रिमियम पास वाहक र विशिष्ट अतिथिहरूका लागि विशेष हस्पिटालिटी तथा बिजनेस नेटवर्किङको सुविधा उपलब्ध हुनेछ। साथै, पहिलो दिनको साँझ सम्पूर्ण प्रायोजक, प्रदर्शक, सरोकारवाला र नियामक निकायबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले विशेष ‘नेटवर्किङ डिनर’ पनि आयोजना गरिनेछ।
एक्स्पोको अफिसियल टिकेटिङ पार्टनरको रूपमा ‘खल्ती’ लाई नियुक्त गरिएको छ। अवलोकनकर्ताले खल्ती प्लेटफर्ममार्फत सहजै टिकट खरिद गर्न सक्नेछन्। सर्वसाधारणका लागि प्रवेश शुल्क रु. २०० र विद्यार्थीका लागि रु. ५० निर्धारण गरिएको छ। नेपालको फिनटेक क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई भने कम्प्लिमेन्टरी पास उपलब्ध गराइनेछ।
प्रदर्शकहरूका लागि प्रति बुथ शुल्क रु. ७५,००० र अन्तर्राष्ट्रिय प्रदर्शकका लागि ७५० अमेरिकी डलर तोकिएको छ। तर, फिनटेक एलायन्सका कर्पोरेट सदस्यहरूलाई भने बुथ शुल्कमा ५० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ। हाल फिनटेक एलायन्स नेपालमा ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन्।
यस एक्स्पोले नेपालमा वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउने साझा मञ्चको रूपमा काम गर्ने विश्वास आयोजकले लिएको छ। हाल कार्यक्रमका लागि विभिन्न प्रायोजन का अवसरहरू पनि खुला राखिएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित