हरिकृष्ण ऐडी
मुगु
तीजको अवसर पारेर नारी विश्व हिन्दु महासंघ शाखा मुगु, सत्यसाईराम शाखा मुगुको आयोजनामा र नारी उत्थान तथा सचेतना केन्द्र मुगुको सहजीकरणमा मंगलवार जिल्ला समन्वय समितिको हलमा तीज कार्यक्रम गरिएको छ । संस्थाले पछाडि पारिएका महिलामा आध्यात्मिक ज्ञानमा विकास हुने र परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले नगरभित्रका महिलाहरूको उपस्थितिमा फरक तरिकाले तीज मनाएको हो ।

नेपाली हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि तीज कार्यक्रम गरेर आध्यात्मिक ज्ञानसँगै परोपकारीका लागि संस्थाले कार्यक्रम गरेको बताइएको छ ।
आफ्नो संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने हेतुले हरेक वर्ष यसरी नै हरितालिका तीजमा फरक तरिकाले ज्ञान दिने उद्देश्यले कार्यक्रम गरिएको विश्व हिन्दु महासंघकी केन्द्रीय सदस्य, सत्यसाईरामकी केन्द्रीय सदस्य एवम समाजसेवी नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष चेतना मल्ल शाहीले जानकारी दिइन् ।
उनकाअनुसार हरितालिका तीज हिन्दु परम्पराअनुसार सकारात्मक रूपमा ज्ञान दिने उद्देश्यले नगरभित्रका महिला तथा जिल्लाका सरोकारवालाहरुसँग धेरैभन्दा धेरै महिलालाई कार्यक्रममा सहभागी गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि