काठमाडाैं – देशको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुर्याएका ३० व्यवसायिक कम्पनी तथा संस्थालाई सरकारले ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति’ (सीआईपी) सम्मान प्रदान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले सम्मान वितरण गरे।
यसपालिको सीआईपी सूचीमा २१ कम्पनीहरू नियमित व्यवसायिक मूल्यांकनका आधारमा परेका छन् भने निजी क्षेत्रका प्रतिनिधित्व गर्ने नौ संस्थालाई मानार्थ सीआईपी प्रदान गरिएको छ। उद्योग महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायत व्यापार प्रवर्द्धनमा अग्रणी भूमिका खेलेका संस्थाका प्रमुखहरू यसपटक सम्मानित भए।
निर्यात व्यापारमा ५ अर्ब रुपैयाँ वा सोभन्दा बढी निर्यात गर्ने वस्तुगत संघहरू — नेपाल छुर्र्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासी संघ, नेपाल तयारी पोशाक संघ, र नेपाल ऊनी फेल्ट संघ — लाई समेत मानार्थ सीआईपी दिइएको हो। यस्तै, हस्तकला र जडिबुटीको प्रवर्द्धनमा योगदान दिने महासंघहरू पनि सम्मानित भए।
तेस्रो मुलुकतर्फ सबैभन्दा धेरै निर्यात हुने पाँच वस्तु समूहमा अग्रमोर्चामा रहेका कम्पनीहरू – थर्ड आई इन्टरनेशनल (ऊनी गलैंचा), नेपाल फेशन प्रा.लि. (तयारी पोशाक), नेशनल एक्सपोर्टर्स (ऊनी फेल्ट), मनराम हिमालयन ह्यान्डिक्राफ्ट (छुर्र्पी), र ट्राइकोट इन्डस्ट्रिज (पश्मिना) – लाई पनि यस वर्ष सीआईपी सूचीमा समावेश गरिएको छ।
छिमेकी मुलुकहरूतर्फको निर्यातमा पनि उत्कृष्ट प्रदर्शन गरेका कम्पनीहरू सम्मानित भए। भारततर्फ डाबर नेपाल, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले तथा चीनतर्फ छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले सीआईपी पाए। हस्तकलाको क्षेत्रमा गिफ्ट ल्याण्ड इन्टरप्राइजेजले र कृषिजन्य क्षेत्रमा नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन तथा एबी हर्बल ट्रेडर्सले उत्कृष्ट निर्यातकर्ता रूपमा सम्मान प्राप्त गरे।
महिला नेतृत्वमा सञ्चालन भएको जनकपुर रिफाइनरिज काठमाडौंले महिला निर्यातकर्ताको श्रेणीमा अग्रता लिँदै सीआईपी सम्मान जित्यो। त्यस्तै, तेस्रो मुलुकमा दुई वर्षमा एक अर्बभन्दा बढी निर्यात गर्ने द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेशन, त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअप श्रेणीबाट माइन्डफुल क्राफ्ट प्रा.लि. पनि सम्मानित भए।
विदेशी मुद्राको आपूर्तिमा उल्लेखनीय योगदान दिने संस्थाहरू पनि समावेश भए। विप्रेषण कारोबारका लागि आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा विदेशी मुद्रा भित्र्याउने एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले यसपटकको सीआईपी सम्मान पाएका हुन्।
कार्यक्रममा उद्योगमन्त्री भण्डारीले निजी क्षेत्रसँगको सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै सीआईपी सम्मानले व्यवसायीहरूमा आत्मविश्वास र उत्साह थप्ने बताए। “सिआइपी केवल औपचारिकता होइन, यो उद्यमशीलता र आर्थिक विकासप्रतिको सम्मान हो,” उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि देशको निर्यात १० खर्ब रुपैयाँसम्म पुर्याउन सकिने सम्भावना औंल्याउँदै, सुधारको वर्तमान लहरले निजी क्षेत्रलाई थप सक्रिय बनाएको बताए। उनले सीआईपीलाई व्यवस्थित गर्न निश्चित मिति तोकी “सीआईपी डे” मनाउनुपर्ने र निजी क्षेत्रको मर्यादाक्रम सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखे।
सीआईपी सूचीमा समावेश भएका व्यवसायी र संस्थाहरूले केवल व्यापारिक गतिविधिमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रको ढाँचा परिवर्तन गर्न सक्ने सम्भावना बोकेको भन्दै उनीहरूलाई विशेष प्रेरणाको स्रोतका रूपमा हेरिएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग