काठमाडौं — नेपाल उद्योग परिसंघ (CNI) को नयाँ कार्यसमिति चयन भएको छ। परिसंघको २२औं वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्।
नयाँ कार्यसमितिका लागि निर्वाचित राष्ट्रिय परिषद सदस्यहरूको सर्वसम्मत निर्णयबाट सात जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्। उनी चौधरी ग्रुपका कार्यकारी निर्देशक समेत हुन्। परिसंघको विधानअनुसार आगामी अधिवेशनमा चौधरी स्वतः अध्यक्ष बन्नेछन्।
अन्य उपाध्यक्षहरूमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी निर्वाचित भएका छन्।
त्यसैगरी, परिसंघको स्थायी आमन्त्रित सदस्यका रूपमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले उपाध्यक्षहरू तथा राष्ट्रिय परिषद सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग