काठमाडौं – “नेपाली खाना केवल स्वादको कुरा होइन, यो संस्कृतिको परिचय हो, आत्माको सन्तुलन हो, औषधिको रूपमा लिन सकिने जीवनशैली पनि हो।” – अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेलको यो भनाइ उनी नेपाली खानाप्रतिको गहिरो लगावको संकेत हो।
बागलुङको काठेखोला–६ मा जन्मिएका सेफ कँडेल, विगत १८ वर्षदेखि जापानमा रहेर पाककला र रेस्टुराँ व्यवस्थापनको अनुभव सँगाल्दै, अहिले नेपाली खानाको विश्वव्यापी प्रवर्द्धनमा जुटिरहेका छन्। जापान, भारत, अमेरिका, क्यानडा लगायत देशहरूमा भ्रमण गर्दै उनले नेपाली खाना र पहिचानलाई अन्तर्राष्ट्रिय फुड स्टेजमा लैजाने लक्ष्य लिएका छन्।
‘टिमुर’देखि ‘भोजनलिपि’सम्मको यात्रा
हालै उनले सेफ दुर्गा खड्कासँग सहलेखनमा ‘टिमुर’ नामक पाककला पुस्तक प्रकाशन गरेका छन्, जुन नेपाली जडिबुटी, मसला र स्वादको विज्ञानमा आधारित छ। यसै सहकार्यमा अर्को पुस्तक ‘भोजनलिपि’ पनि प्रकाशोन्मुख छ। पुस्तक लेखनसँगै उनी रेस्टुराँ, तालिम र थालिचर्चाबाट सयौँ सेफलाई ज्ञान बाँड्दै आएका छन्।
उनी भन्छन्, “हामीकहाँ पुस्तौंपुस्ताले चल्दै आएको खानालाई कागजमा उतारेर संरक्षित गर्ने प्रयास पनि यो अभियानको हिस्सा हो।”
‘भोजनलिपि स्वाद’ – नेपाली स्वादको पर्व
सेफ कँडेल र सेफ खड्काको अगुवाइमा भइरहेको ‘भोजनलिपि स्वाद’ कार्यक्रम नेपाली खानालाई व्यावसायिक र सांस्कृतिक रूपमा स्थापित गर्न सुरु गरिएको अभियान हो। यही अभियानको चौथो संस्करण आगामी असार १५ गते राजधानीमा आयोजना हुँदैछ – राष्ट्रिय धान दिवसको अवसर पारेर। कार्यक्रम धान, चामल, मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफी लगायत मौसमी कृषिउपजमा आधारित रहनेछ।
यसअघि जेठ १८ मा सम्पन्न तेस्रो संस्करणमा २५ भन्दा बढी परिकार प्रस्तुत गरिएको थियो, जसमा मोही, कोदो, मकै, सिस्नो, निगुरो, बेल, कटहर, पान-लड्डु, खुवा लगायत मौलिक सामग्री प्रमुख आकर्षण थिए। यी परिकारले न केवल स्वादको उत्सव सृजना गरे, तर दर्शकलाई नेपाली कृषि प्रणाली, जैविक विविधता र संस्कृति सँगै पुनः परिचित पनि गराए।
स्थानीय स्वाद, अन्तर्राष्ट्रिय मंच
सेफ कँडेलले जापानमा मात्र आधा दर्जनभन्दा बढी रेस्टुराँ सञ्चालन गरिसकेका छन्। उनी जापानी, इण्डियन, थाई र नेपाली खानालाई फ्यूजन गर्दै परम्परालाई आधुनिक शैलीमा पुनःपरिभाषित गर्न सफल सेफ मानिन्छन्। “परिकारलाई नयाँ आवरण दिँदै मौलिकता जोगाउनु नै साँचो सिर्जनशीलता हो,” उनी भन्छन्।
उनको अनुभव आदानप्रदानका क्रममा गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मणप्रसाद भण्डारी, शिवहरि घिमिरे, पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बालगायत विभिन्न पुस्ताका सेफहरूको समेत सक्रिय संलग्नता रहेको छ। सहकार्यको यो विविधता नै भोजनलिपि स्वादुलाई छोटो समयमा प्रभावशाली बनाएको छ।
१०० संस्करणको लक्ष्यसहित देश–विदेशमा यात्रा
ु=भोजनलिपि स्वादु अभियान १०० संस्करणसम्म पुर्याउने लक्ष्यसहित अघि बढिरहेको छ। हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, चितवन, कास्की, बागलुङ, रोल्पा, जुम्ला लगायत ३५ जिल्लामा कार्यक्रम सम्पन्न भइसकेको छ। सातै प्रदेशका राजधानी र प्रमुख शहरहरूमा पनि चाँडै कार्यक्रम विस्तार गरिने संयोजक देवीप्रसाद सापकोटा बताउँछन्।
खाना र आत्माको सम्बन्ध
कँडेलका अनुसार नेपाली खाना स्वाद मात्र होइन, जीवनशैली पनि हो। “आजको संसारमा मानिसले केवल पेट भर्न होइन, आत्माको सन्तुलन खोज्दैछ। नेपाली खानामा त्यो गहिरो सम्भावना छ – मौलिक स्वाद, औषधीय गुण, र सांस्कृतिक जरा,” उनी भन्छन्।
नेपाली खानालाई विश्वस्तरीय स्तरमा पु¥याउने अभियानमा समर्पित सेफ कँडेल र उनको टिमको प्रयासले अब नेपाली स्वादलाई विश्वको भाषामा बोल्ने दिन टाढा छैन।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग