• बुधबार, ३१ भाद्र २०८३
  • उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

    उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

    सबलनेपाल संवाददाता
    चैत्र २८ २०८१, बिहिबार

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत
    गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए ।उनी २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij