काठमाडाैं । काठमाडौँको नयाँबसपार्कस्थित विष्णुमती किनारामा रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुन लागेको हो
नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ अस्थायी टहरा हटाएर उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो । नयाँ निर्माण भएको पार्कभित्र खुला व्यायमशाला, ज्येष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालय रहने टोखाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसीले जानकारी दिए।
नगरप्रमुख प्रकाश अधिकारीले स्थानीयवासीको लामो समयदेखिको मागअनुसार पार्क निर्माण कार्य अगाडि बढाइएको बताए । उनले नेपाल भूकम्पले अति जोखिम क्षेत्र भएकाले खुल्ला स्थान बनाउनुपर्ने स्थानीयको मागअनुसार पार्क तथा उद्यान निर्माण गर्न लागिएको बताए । पार्क एक वर्षभित्र निर्माण सम्पन्न हुने सो नगरपालिकाले जनाएको छ ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग