काठमाडौं-प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
यहाँ आज बसेको समितिको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै समयमा खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
समितिका सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापन कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न तथा भव्यताका साथ तोकिएकै समयमा प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए। उक्त प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने तय भएको छ ।
यस्तै खेलकुद मन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमा नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिए । उनले खेलाडीलाई पनि तयारी अवस्थामा राखिएको बताए । व्यवस्थापनमा केही कठिनाइ आउने उल्लेख गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर काम भइरहेको बताए ।
समितिले प्रतियोगिता आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यमा आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय तथा सहकार्य गरी कार्य अगाडि बढाउन निर्देशन दिएको छ । समितिका सदस्य रेखा शर्माले जुनसुकै हालतमा पनि पतियोगिता गर्नुपर्ने बताए । समितिका अर्का सदस्य दीपा शर्माले प्रतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच सहकार्य हुनुपर्ने बताए।
समितिका सदस्य रामप्रकाश चौधरीले पतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताए। समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे यही चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिए ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि