काठमाडौं । बेलायतमा नेपाली क्रिकेटमा ग्रासरुट लेबल राम्रो बनाउने उद्देश्यसहित महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशा बीच नेपाली क्रिकेटको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर गरिएको हो ।
छलफलमा ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) का प्रबन्ध निर्देशक ग्याम गुरुङले नेपाली क्रिकेटप्रति बेलायतबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,“नेपाली क्रिकेट हाम्रो पहिचान र गर्व हो। बेलायतमा रहेर पनि हामी नेपाली क्रिकेटको उन्नतिका लागि निरन्तर हातेमालो गर्दै जानेछौं। खेलाडी विकास, अवसर सिर्जना र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि बीजीसीएल सधैं नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्नेछ।”
ग्याम गुरुङले बेलायतमा नेपाली क्रिकेटको संरचना क्रमशः बलियो बन्दै गएको उल्लेख गर्दै, यही अनुभव र स्रोत नेपालसँग साझा गर्न सकिए नेपाली क्रिकेटले अझ ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उनका अनुसार बेलायतबाट प्राप्त हुने निरन्तर सहयोगले नेपाली युवा खेलाडीहरूलाई थप प्रेरणा र नयाँ सम्भावना प्रदान गर्नेछ ।
त्यसैगरी, किडाशाका कार्यक्रम संयोजक जेरेमी साउथहनले क्रिकेट खेललाई बालबालिका र युवाहरूको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे । उनले नेपालका विशेषगरी शहरी क्षेत्रमा रहेका प्रतिभावान बालबालिकालाई क्रिकेटमार्फत अवसर प्रदान गर्न किडाशा सहकार्य गर्न इच्छुक रहेको बताए ।
कार्यक्रममा सहभागी युवा क्रिकेट प्रवर्द्धक विज्ञान कार्कीले नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि जरा तहबाटै (ग्रासरुट लेभल) योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नेपाल र बेलायतबीच क्रिकेट सहकार्य विस्तार भएमा नेपाली युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने ठूलो अवसर पाउने विश्वास व्यक्त गरे ।
छलफलमा बिद्यालय नेपाली क्रिकेट प्रशिक्षण कार्यक्रम, युवा क्रिकेट विकास परियोजना, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू तथा दीर्घकालीन क्रिकेट संरचना निर्माणका विषयमा समेत सकारात्मक विचारविमर्श गरिएको थियो ।
किडाशा विगत लामो समयदेखि नेपालमा बालबालिका र युवामाझ खेलकुद, विशेषगरी क्रिकेट विकासमा सक्रिय रूपमा काम गर्दै आएको संस्था हो। किडाशाले बुटवल र पोखरा जस्ता शहरहरूमा लामो समयदेखि क्रिकेट प्रशिक्षण, प्रतिभा पहिचान र युवा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) बेलायतमा स्थापित एक व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रतिष्ठित क्रिकेट लिगको रूपमा परिचित छ। बीजीसीएलले बेलायतमा रहेका नेपाली खेलाडीहरूलाई गुणस्तरीय प्रतियोगिता, व्यावसायिक वातावरण र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्दै आएको छ। लिगले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र खेलाडीहरूलाई नयाँ अवसरतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
किडाशा र बीजीसीएल दुवै संस्थाको साझा उद्देश्य नेपाली क्रिकेटको दिगो विकास र युवा खेलाडीको भविष्य उज्यालो बनाउनु रहेको देखिन्छ। यी संस्थाबीचको सहकार्य र सकारात्मक संवादले नेपाल र बेलायतबीच क्रिकेटमार्फत अझ बलियो सम्बन्ध निर्माण हुने विश्वास गरिएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित