काठमाडौं । सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लास) हटाउने सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।
मिति २०८३ असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा छलफल गरेको हो।
छलफलका क्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासको दृष्टान्त दिँदै कालो सिसा भएका सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएको बताए। उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थाअनुसार सवारी साधनबाट कालो सिसा हटाउने अभियान सुरु गर्न लागिएको जानकारी दिए।
प्रमुख काफ्लेले सवारी साधनको अगाडिको सिसामा कालो सिसा वा कुनै पनि प्रकारको स्टिकर टाँस्न नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, सवारी साधन पैठारीकर्ताहरूलाई आफ्ना ग्राहकलाई यसबारे पूर्वजानकारी दिन आग्रह गरे। साथै, कालो सिसा प्रयोग गर्न चाहने सवारी धनीले सरकारको अनिवार्य अनुमति लिनुपर्ने बताउँदै अटोमोबाइल आयातकर्ताहरूले पनि म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा भएका सवारी साधनहरू आयात गर्न नहुने कुरामा उनले जोड दिए।
भेटमा नाडाका अध्यक्ष उप्रेतीले हाल अधिकांश सवारी साधनमा कालो स्टिकर (फिल्म) को प्रयोग भइरहेको र यसलाई हटाउन प्राविधिक रूपमा खासै समस्या नरहेको बताए। उनले सर्वप्रथम कालो स्टिकर नै हटाउने प्रक्रियाबाट अभियान सुरु गर्नु उपयुक्त हुने सुझाव दिए।
त्यसैगरी, छलफलमा सहभागी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनहरूको सन्दर्भमा कुरा राखेका थिए। उनले नेपालमा त्यस्ता सवारी साधनहरूको संख्या खासै धेरै नभएकोले, दोस्रो चरणमा त्यस्ता साधनको यकिन तथ्यांक संकलन गरी व्यवस्थापन गर्न सकिने धारणा राखे।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसै विषयमा तत्काल छलफल गर्न नाडालाई लिखित अनुरोध गरेबमोजिम उक्त भेटघाट तय भएको थियो। छलफलमा नाडाको तर्फबाट उपाध्यक्ष अभिक ज्योतिको समेत उपस्थिति रहेको थियो।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि