काठमाडौँ ।ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको गम्भीर आरोप लागेकी चर्चित टिकटकर तुलसा अधिकारीलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।
न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनछेक बहसपछि अधिकारीलाई न्यायिक हिरासतमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार अदालतको आदेशलगत्तै उनलाई ललितपुरको नख्खु कारागार चलान गरिनेछ। यसअघि उनको पक्ष र विपक्षमा बहस गर्न ४० जना स्वयंसेवी वकिलहरू अदालतमा उपस्थित भएका थिए।
नेपाल सरकार वादी रहेको यस बहुचर्चित मुद्दामा कुमार चिमोरियाको जाहेरीका आधारमा टिकटकर अधिकारी र मुख्य आरोपी अशोककुमार अग्रवालसहित १० जनालाई प्रतिवादी बनाइएको छ। उनीहरू विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा मुद्दा चलाइएको हो। जाहेरवाला चिमोरियाले २०८२ साउन २४ गते आफूमाथि ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी भएको आरोपसहित जाहेरी दिएका थिए। सोही अनुसन्धानका क्रममा अधिकारीको २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत थपिएको हो।
यो घटना सार्वजनिक भएलगत्तै २०८२ भदौदेखि फरार रहेकी अधिकारी कानुनी कारबाहीबाट बच्न चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। लामो समयको खोजीपछि उनलाई हालै अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को सहयोगमा थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित