• बुधबार, ३१ भाद्र २०८३
  • संसद्‌मा प्रतिशोधको राजनीति अन्त्य हुन्छ: रवि लामिछान

    संसद्‌मा प्रतिशोधको राजनीति अन्त्य हुन्छ: रवि लामिछान

    सबलनेपाल संवाददाता
    चैत्र १९ २०८२, बिहिबार

    काठमाडौं, – प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले अब संसद्‌मा संख्याको बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन्। उनले आस्थाका आधारमा फरक व्यवहार गर्ने प्रवृत्ति अन्त्य हुने स्पष्ट पारे।
    लामिछानेले विगतमा आफ्नालाई जोगाउन र विपक्षीलाई फसाउन कानुन संशोधन गरिएका तथा अध्यादेश ल्याइएका घटनाहरू दोहोरिन नदिइने बताए। “त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइनेछ,” उनले भने, “प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय अब दोहोरिने छैन।”
    उनले संसद्‌मा विधि मिचेर कसैको आवाज दबाउने अभ्यास पनि अन्त्य हुने प्रतिबद्धता जनाए। “अब सुन्न मन नलागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन,” उनले भने, “संसदीय समितिमा पनि संख्याकै बलमा प्रतिशोध हुने छैन।”
    यद्यपि, यी सुधारका प्रयाससँगै सुशासनको गति भने नरोकिने उनको भनाइ छ। उनले न्यायको प्राथमिकता पीडित पक्षलाई हुने उल्लेख गर्दै शहीदका परिवारले पहिलो प्राथमिकतामा न्याय पाउने अधिकार रहेको बताए।
    लामिछानेको भनाइ अनुसार आगामी दिनमा संसद्‌लाई निष्पक्ष, जवाफदेही र विधि-आधारित बनाउने दिशामा काम अघि बढाइनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij