बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।
यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा बढीको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए ।
उहाँका अनुसार गाउँपालिका वडा नं ४, ६ र ७ को धुलाचौरमा, वडा नं ५ को कुवाडीमा र वडा नं १, २ ३ को विच्छ्याँमा शिविर आयोजना गरिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले प्रजनन स्वास्थ्यसम्बन्धी पाठेघरको आङ खस्ने, सेतोपानी बग्ने, क्यान्सर, रक्तअल्पताको उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।
उपचारका क्रममा पाँच सयभन्दा बढीमा पाठेघर समस्या, १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण, मधुमहको उपचारलगायत नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको छ । यस्तैगरी ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर जाँच, १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षणलगायत सेवा प्रदान गरिएको उनले जानकारी दिए ।
घुम्ती शिविरमा ५० प्रतिशतभन्दा बढी महिलाको पाठेघर खस्ने समस्या देखिएको उपचारमा सङ्लग्न चिकित्सक डा रञ्जित शाहले बताएका छन् । महिनाबारी र सुत्केरी भएका बेलामा गहु्रङ्गो भारी बोक्ने तथा घरायसी कामका कारण पाठेघर खस्ने समस्या आएको हुनसक्ने उनको भनाइ छ ।
स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको बोझ, पोषिलो खानेकुराको कमी र बालविवाहका कारण पाठेघर खस्ने समस्याबाट बढी हुने गरेको पाइएको बताए । यस्तै, विच्छ्याँको माथिल्लो उच्च हिमाली भागमा नशा रोगसम्बन्धी समस्या बढी देखिएको छ ।
यहाँ हिमाली गाउँपालिकामा स्थापित आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रबाट प्राथमिक उपचार मात्र हुन्छ । ठूलो समस्या देखिए उपचारका लागि कोल्टी र जिल्ला अस्पताल मार्तडी पुग्न पर्ने बाध्यता छ । गाउँपालिकाले विगतदेखि नै नागरिक उपचार सहायता कोष स्थापना गरी ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समस्या पहिचान तथा सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दवहादुर मल्लले बताए । रासस
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि