काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरुवात योग–ध्यान कक्षासँगै भएको छ। कार्यक्रम ललितपुरको होटल टुलिपमा मंगलबारदेखि जारी छ।
अभिमुखीकरणमा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरू सहभागी छन्। कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन, पारदर्शिता, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार र सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा प्रशिक्षण दिइँदैछ। साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा, र संसद् भित्र तथा बाहिर प्रभावकारी समन्वयका उपायहरूमा साझा धारणा विकास गरिनेछ।
बिहान ९–९:४५ बजेसम्म डा. तोयानारायण ज्ञवालीले “सरकार सञ्चालन प्रक्रिया: योजना र बजेट” विषयमा प्रशिक्षण दिनेछन्।९:४५–१०:४५ बजे पूर्वसचिव प्रताप कुमार पाठकले “सुशासन: अवधारणा र अभ्यास” मा प्रस्तुति दिनेछन्।त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले “पार्टी र सांसदको सम्बन्ध, आचारसंहिता” विषयमा प्रशिक्षण दिनेछन्।मध्याह्न १२ बजेपछि समापन सत्र हुनेछ, जहाँ प्रतिभा रावल र मनिष झाले एजेन्डा प्राथमिकता निर्धारणको प्रस्तुति दिनेछन्।
अन्ततः १२:३०–१ बजेसम्म सभापति रवि लामिछानेले पार्टी रणनीति र नीतिगत प्राथमिकताबारे समापन मन्तव्य राख्नेछन्।कार्यक्रम दिउँसो १ बजेसँगै खाजासहित सम्पन्न हुने तय गरिएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग