• बुधबार, ३१ भाद्र २०८३
  • सुदन गुरुङद्वारा सरकारबाट तलब–भत्ता नलिने घोषणा

    सुदन गुरुङद्वारा सरकारबाट तलब–भत्ता नलिने घोषणा

    सबलनेपाल संवाददाता
    चैत्र ३ २०८२, मंगलबार

    काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव जितेका सुदन गुरुङले सरकारबाट कुनै पनि तलब–भत्ता नलिने घोषणा गरेका छन्। उनले आफूले राज्यबाट पाउने कुनै पनि किसिमको सुविधा नलिने स्पष्ट पारेका हुन्।

    गुरुङले जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले व्यक्तिगत लाभभन्दा देशको हितलाई प्राथमिकता दिने बताएका छन्।

    उनले आफ्नो कार्यकालमा पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने पनि उल्लेख गरेका छन्।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij