• बुधबार, ३१ भाद्र २०८३
  • बागलुङमा यस वर्ष सुन्तला उत्पादनबाट रु २६ करोड ९० लाख कारोबार

    बागलुङमा यस वर्ष सुन्तला उत्पादनबाट रु २६ करोड ९० लाख कारोबार

    सबलनेपाल संवाददाता
    माघ १८ २०८२, आइतबार

    बागलुङ, बागलुङ जिल्लामा यस वर्ष रु २६ करोड ९० लाख बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र/कृषि विकास कार्यालय बागलुङले जानकारी दिएको छ। उत्पादनका आधारमा यो मूल्य तुलनामा रु ४४ लाखले वृद्धि भएको छ । किसानहरूलाई राम्रो आम्दानीको अवसर प्रदान गरेको बताइएको छ।

    बागलुङका कृषकहरूमा सुन्तलाखेतीप्रतिको आकर्षण बढेपछि उत्पादन बढेको कृषि अधिकारीहरूले बताएका छन्। यस वर्ष औसा किराको समस्या कम देखिनु, समयमै वर्षा हुनु तथा बाँझो जमिनमा सुन्तलाखेती विस्तार हुनु जस्ता कारणले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

    कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरका अनुसार गतवर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष जोखिम न्यून र मौसम अनुकूल रहँदा उत्पादनमा बृद्धि देखिएको हो। सुन्तला बिक्रीमा किसानहरूले न्यूनतम प्रति किलो रु ६५ ले बिक्री गरेको राष्ट्रिय माध्यमले जनाएका छन।

    सुन्तलाखेती अहिले जिल्लाब्यापी प्रमुख कृषि आय स्रोतमध्ये एक बन्दै गएको र बाँझो जमिनमा समेत फलफूलको बगैचा स्थापना भई आर्थिक रूपमा कृषकलाई फाइदा मिलेको कृषि सरोकारवालाहरूले बताएका छन।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij