• बुधबार, ३१ भाद्र २०८३
  • प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

    प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

    सबलनेपाल संवाददाता
    मंसिर १४ २०८२, आइतबार

    काठमाडौं -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन् ।

    यही मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो । उक्त समय अर्थात् आजसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij