• आइतबार, ३१ साउन २०८३
  • नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपको यात्रामा

    नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपको यात्रामा

    सबलनेपाल संवाददाता
    असोज २९ २०८२, बुधबार

     काठमाडाैं –नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

    हालै जारी खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् ।

    नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।

     

    २०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरुलाई कडा टक्कर दिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij