काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त र व्यवस्थित बसोबास कायम गर्न ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ (Disturbance Free Neighbourhood Campaign) सुरु गरेको छ। ध्वनि प्रदूषण जनस्वास्थ्यका लागि गम्भीर समस्या भएको भन्दै यस अभियानमार्फत सर्वसाधारणलाई सचेत पार्दै कानुनी कारबाहीमा कडाइ गर्ने तयारी गरिएको हो।
प्रहरीले ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका, विद्यार्थी, वृद्धवृद्धा र बिरामीहरूलाई स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले अनावश्यक हल्ला, ठूलो स्वरमा झगडा, पार्टी तथा जमघटमा ध्वनि प्रदूषण गर्ने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। टेलिभिजन, रेडियो, भाँडा माझ्दा वा कुकुर भुक्दा हुने अनावश्यक ठूलो आवाजसमेत नियन्त्रण गर्नुपर्ने जनाएको छ।
त्यसैगरी, विद्युतिय उपकरण, मोटरसाइकल तथा अन्य सवारी साधनबाट निस्कने ठूलो आवाजलाई नियन्त्रण गर्नुपर्ने, शौचालय, ढोका–झ्याल, कुकर प्रयोग जस्ता सामान्य दैनिक क्रियाकलापमा पनि ध्वनि प्रदूषण नगर्न सावधानी अपनाउन अनुरोध गरिएको छ। धार्मिक तथा सामाजिक कार्यक्रम, मन्दिर, गुम्बा, मस्जिद आदिमा हुने ध्वनि प्रदूषणलाई पनि न्यूनतममा सीमित गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।
विवाह, पार्टी, आतिशबाजी, सार्वजनिक स्थलमा अनावश्यक हल्ला, सडकमा सवारीसाधनको हर्न बजाउने जस्ता कार्यहरू कानुनविपरीत ठहरिने भएकाले रोक्नुपर्ने चेतावनी दिइएको छ। नियम उल्लंघन गर्ने व्यक्तिलाई कानुनी कारबाही हुने र छिमेकीलाई असुविधा पुर्याउने कार्यमा संलग्न भएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको प्रहरीले स्पष्ट पारेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो अभियानलाई सफल बनाउन सम्पूर्ण नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि