सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गरिएको हो।
नगरपालिकाले प्रत्येक महिनामा फरकफरक वडामा पुगेर सो प्याकेज वितरण गर्दै आएको छ । प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्नका साथै गर्मी र वर्षात्को समयमा हुने लामखुट्टेको प्रकोपबाट बच्न झुल पनि प्रदान गरिएको छ ।
नगरप्रमुख चौधरीले पोषण प्याकेज वितरण कार्यक्रममा भने, ‘गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषण अवस्था सुधार गर्नुका साथै स्वास्थ्य सेवा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो । आगामी दिनमा अझ प्रभावकारी ढङ्गले यसलाई विस्तार गरिनेछ ।’
स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवतीलाई लक्षित गरी प्याकेज वितरण गरिएको स्वास्थ्यकर्मी अमृताकुमारी महतोले जानकारी दिए ।उनका अनुसार , ‘नियमित जाँचमा सहभागी हुने महिलाहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ ।’
महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले यस अभियानले गर्भवती महिलाको तथ्याङ्क व्यवस्थापन र सेवाको सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित