• बुधबार, ३१ भाद्र २०८३
  • नेदरल्याण्ड्समाथि नेपालकाे सानदार जित

    नेदरल्याण्ड्समाथि नेपालकाे सानदार जित

    सबलनेपाल संवाददाता
    असार ५ २०८२, बिहिबार

    काठमाडाैं –नेदरल्याण्ड्सलाई हराउँदै नेपाल टी–२० आई सिरिजको दोस्रो स्थानमा रहेको छ । तीन खेल खेलेको नेपाल स्कटल्याण्ड्स एक खेल हारेर टी–२० आई सिरिजको दोस्रो स्थानमा रहेको छ । नेदरल्याण्ड्सले नेपालसहित चार खेलेर ४ पोइन्ट जोडेको छ भने नेपाल ३ खेल खेलेर ४ पोइन्ट जोडेको छ ।

    रेटरनरेटको आधारमा नेदरल्याण्ड्स अगाडी छ । आज सर्वाधिक रन कुशल भुर्तेलले ५१ बलमा ६५ रनको सर्वाधिक रन बनाए । सन्दिप लामिछाने एक १ बिकेट लिए भने , करण केसीले २ बिकेट लिएका थिए । नेपाललाइ नेदरल्याण्ड्सले १७५ रनकाे लक्ष्य दिएकाे थियाे नेपालले ४ विकेटकाे क्षतिमा १९.४ बलमा पूरा गराे ।

    नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १(१ विकेट लिए ।

    यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी(२०आईमा भीम सार्कीले डेब्यू गरेका छन् ।

    नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij