लुम्बिनी । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा प्रवर्द्धनात्मक अभियानमा निस्किएका छन् ।
दुई दशकअघि सुरु गरेको ‘जाऊँ है पोखरा’ अभियानलाई निरन्तरता दिँदै व्यवसायीहरू यस वर्ष पर्यटन प्रवर्द्धन कार्यक्रमसहित आज बुटवल आइपुगेका हुन् । होटल सङ्घ पोखराको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धन लक्षित पोखरा र लुम्बिनीको पर्यटन क्षेत्रलाई जोड्नेगरी पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङलगायतका सहरमा सो अभियान लिएर निस्किएको व्यवसायीले जनाएका छन् ।
उनीहरूले आज रुपन्देहीका व्यवसायीसँग भेट गरी आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय साझेदारीलगायत विषयमा छलफल गरे । छलफलमा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुई दशकअघिदेखि नेपालभित्रका विभिन्न सहरमा अभियान सञ्चालन गर्दै आएको जानकारी गराए ।
उहाँले अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष– २०२५’ सफल बनाउनसमेत अभियान सार्थक हुने उल्लेख गरे। उनले भने, ‘यस क्षेत्रका पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई लुम्बिनी हुँदै ल्याउने हाम्रो अभियानको उद्देश्य हो ।’
पोखराको पर्यटन क्षेत्रमा रु सात खर्ब बढी लगानी रहेकामा होटल क्षेत्रमा मात्र रु पाँच खर्ब हाराहारीको लगानी रहेको व्यवसायीको भनाइ छ । यस क्षेत्रका एक हजार २०० होटलमा ४० हजार ‘बेड’ रहेको र २० हजारले रोजगारी पाएको सङ्घको तथ्याङ्क छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यस्ता अभियानले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालनका लागि दबाब आवश्यक रहेको बताए ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा यही जेठ २९ गतेदेखि आगामी असार २ गतेसम्म सञ्चालन हुने ‘जाऊँ है पोखरा’ अभियानका क्रममा बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङलगायतका सहर पुगेर पर्यटनसम्बद्ध पदाधिकारी तथा पर्यटन व्यवसायीहरूसँग छलफल एवं अन्तक्र्रिया गरिने होटल सङ्घ पोखराका सचिव पार्वता पाण्डेले जानकारी दिए ।
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो