काठमाडौँ ।पाकिस्तानको ‘ब्रड पिक’ हिमालमा आएको भीषण हिमपहिरोमा परी विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको आधिकारिक पुष्टि गरेको छ।
ब्रड पिक आरोहणका क्रममा अचानक आएको हिमपहिरोमा परी पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता हुनेहरूमध्ये ६ जना नेपाली आरोही रहेका थिए।
खोजी तथा उद्धार टोलीले शुक्रबार नै बेपत्तामध्ये चार जनाको शव फेला पारेको थियो। पाकिस्तान जानुअघि पुर्जाको ब्रड पिक आरोहण गर्ने पूर्वयोजना नरहेको भए तापनि पछि उनी उक्त टोलीमा सहभागी भएका थिए।
घटनालगत्तै परराष्ट्र मन्त्रालयले उद्धारका लागि पाकिस्तानी निकायहरूसँग निरन्तर समन्वय गरिरहेको थियो। पुर्जाको जीपीएस ट्रयाकर (Location Tracker) बिहान सवा ६ बजेसम्म सक्रिय देखिएको थियो।
पूर्वब्रिटिस गोर्खा सैनिक समेत रहेका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरू सबैभन्दा छिटो आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए। उनको यो आकस्मिक निधनले सिङ्गो पर्वतारोहण क्षेत्र र देशलाई ठूलो क्षति पुगेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि