• बुधबार, ३१ भाद्र २०८३
  • घरेलु उद्योग र सिलाइ व्यवसायबीच सहकार्य, रणनीतिक साझेदारीमा जोड

    घरेलु उद्योग र सिलाइ व्यवसायबीच सहकार्य, रणनीतिक साझेदारीमा जोड

    सबलनेपाल संवाददाता
    बैशाख २४ २०८२, बुधबार

    काठमाडौं _ नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघबीच आजदेखि औपचारिक तथा संस्थागत सहकार्यको थालनी गरिएको छ। दुवै महासंघले साना, लघु, घरेलु तथा मध्यमस्तरका उद्यमी र व्यवसायीहरूको हकहितका लागि संयुक्त रूपमा योजनाबद्ध र दृढ प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    संस्थागत सम्बन्ध स्थापना भएसँगै अब दुई महासंघबीच आवश्यक समन्वय र सहकार्य गरी उद्यमशीलता प्रवर्द्धन तथा सम्बन्धित क्षेत्रका समस्याहरू समाधान गर्ने दिशामा सक्रिय पहल गरिने बताइएको छ।

    यस सहकार्यलाई मूर्तरूप दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र उनको सम्पूर्ण टिमप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विशेष आभार प्रकट गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij