• बुधबार, ३१ भाद्र २०८३
  • मन्जुश्री फाइनान्सद्वारा ग्लोबल मनी विक अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    मन्जुश्री फाइनान्सद्वारा ग्लोबल मनी विक अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    सबलनेपाल संवाददाता
    चैत्र ९ २०८१, शनिबार

    काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभरका २८ शाखा कार्यालयमार्फत १,००० भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकको अवसरमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म वित्तीय सचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो। सातै प्रदेशका शाखाहरूबाट आयोजित कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थी, कर्मचारी, गृहिणी, कृषक एवं सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

    वित्तीय सचेतना अभिवृद्धि अभियान
    अभियान अन्तर्गत बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा प्राप्त हुने फाइदाहरू, डिजिटल बैंकिङ, क्यूआर कोड प्रयोग, स्मार्ट बैंकिङ, पिन तथा पासवर्ड सुरक्षाको महत्त्व, ओटिपी ९इत्ए०, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग जस्ता विषयमा व्यापक सचेतना जगाइएको थियो।

    अन्तरक्रिया तथा प्रभात फेरी
    फाइनान्सले विभिन्न शाखा कार्यालयहरू मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्नुका साथै प्रभात फेरीको समेत आयोजना गर्‍यो। नेपाल राष्ट्र बैंकको समन्वयमा आयोजित प्रभात फेरीमा पनि फाइनान्सका शाखाहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, सामाजिक सञ्जालहरू मार्फत वित्तीय सचेतनामूलक सन्देशहरू प्रसारण गरी डिजिटल माध्यमबाट समेत व्यापक जनचेतना जगाइएको छ।

    १३ वर्षदेखिको निरन्तरता
    मन्जुश्री फाइनान्सले विगत १३ वर्षदेखि हरेक वर्ष आफ्ना सबै शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि समुदाय स्तरमा वित्तीय चेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij