• बुधबार, ३१ भाद्र २०८३
  • इंग्लिशर्स एजुकेशनल कन्सल्टेन्सीलाई ‘कोरियामा अध्ययनका लागि उत्कृष्ट परामर्शदाता – २०२५’ सम्मान

    इंग्लिशर्स एजुकेशनल कन्सल्टेन्सीलाई ‘कोरियामा अध्ययनका लागि उत्कृष्ट परामर्शदाता – २०२५’ सम्मान

    सबलनेपाल संवाददाता
    चैत्र ८ २०८१, शुक्रबार

    काठमाडाैं – काठमाडौंस्थित इंग्लिशर्स एजुकेशनल कन्सल्टेन्सीले Fair Express & Edu Sawal द्वारा प्रदान गरिएको ‘कोरियामा अध्ययनका लागि उत्कृष्ट परामर्शदाता – २०२५’ (Best Consultancy for Study in Korea – 2025) सम्मान प्राप्त गरेको छ।

    यो सम्मान संस्थाले कोरियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श, सही मार्गदर्शन र सहज प्रक्रियामा सहयोग पुर्याएको योगदानको उच्च मूल्यांकनस्वरूप प्रदान गरिएको हो।

    पुरस्कार ग्रहण गर्दै इंग्लिशर्स एजुकेशनल कन्सल्टेन्सीको टिमले भने, “यो उपलब्धि हाम्रो समर्पित टिम, साझेदार संस्था EPCAN (Educational Consultancy Professionals’ Association of Nepal)KECAN (Korea Education Consultancy Association of Nepal) तथा सम्पूर्ण विद्यार्थीहरूको सामूहिक प्रयासको परिणाम हो। हामी सबैको निरन्तर समर्थन र विश्वासका लागि हृदयदेखि आभारी छौं।”

    इंग्लिशर्सले विद्यार्थीहरूलाई उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना प्रक्रियादेखि छात्रवृत्ति, भाषा तयारी र भिसा प्रक्रियासम्म सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ। यो सम्मानले संस्थालाई आफ्नो सेवा अझ प्रभावकारी बनाउँदै थप विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श दिने प्रेरणा प्रदान गरेको छ।

    संस्थाले निकट भविष्यमा कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि थप सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij