• बुधबार, ३१ भाद्र २०८३
  • विहिबारको शेयर कारोबारदेखि भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य का रूपमा कायम गर्ने

    विहिबारको शेयर कारोबारदेखि भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य का रूपमा कायम गर्ने

    सबलनेपाल संवाददाता
    चैत्र ६ २०८१, बुधबार

    काठमाडाैं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भोलिदेखि चैत ७, बिहिबार बाट लागुहुनेगरी शेयर बजारमा नयाँ नियम ल्याएको छ । नेप्सेलेिबिहिबारको कारोबारदेखि (भोलिदेखि) नियमित कारोबार सत्र सकिएपछि अपराह्न २:४५ बजेबाट ३: ०० बजेसम्म कायम भएको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य का रूपमा कायम गर्ने भएको हो ।

    नेप्सेको संञ्चालक समितिको बैठकमार्फत नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन)लाई कार्यान्वयनमा ल्याएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो अवधिमा कुनै कारोबार नभएमा, अघिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने व्यवस्था लागू हुनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij