• बुधबार, ३१ भाद्र २०८३
  • चैत १४ देखि १७ गतेसम्म पोखरामा पहिलोपटक ‘वाडा अटो शो’ आयोजना हुने

    चैत १४ देखि १७ गतेसम्म पोखरामा पहिलोपटक ‘वाडा अटो शो’ आयोजना हुने

    सबलनेपाल संवाददाता
    चैत्र ६ २०८१, बुधबार

    पोखरा – पर्यटकीय राजधानी पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘वाडा अटो शो’ आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा०)ले पहिलोपटक पोखरामा अटो प्रदर्शनी आयोजना गर्न लागेको हो।

    पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने उक्त प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङ्ग्रे सवारी, ६ वटा ब्राण्डका लाइट कमर्सियल गाडी, ७ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधन प्रदर्शित गरिनेछ। साथै, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, तथा पाटपूर्जाका २० वटा व्यावसायिक स्टलसमेत रहनेछन्।

    वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीका अनुसार उक्त प्रदर्शनी आयोजना गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उनले सवारीसाधनको खरिदबिक्रीसँगै प्रविधिको विकासबारे ग्राहक तथा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले अटो शो आयोजना गरिएको बताए। ‘अर्थतन्त्र शिथिल भएको अवस्थामा केही मात्रामा भए पनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने विश्वास छ,’ केसीले भने। उनले ‘नाडा अटो शो’ पहिलोपटक काठमाडौँ बाहिर पोखरामा हुन लागेको समेत जानकारी दिए।

    गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीका प्रवर्द्धकका रूपमा रहेका छन्। आयोजकका अनुसार चार दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij