ललितपुर । कान्तिपुर कोलोनीका स्थानीयले सातदोबाटो प्रहरी वृत्तलाई सहयोग उपलब्ध गराएका छन् । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको सातदोवाटो प्रहरी वृत्तलाई कान्तिपुर कोलोनीका स्थानीयले सहयोग हस्तान्तरण गरेका हुन ।
ललितपुर १४ नखिपोटको हाम्रो कान्तिपुर टोल विकास संस्थाले मंगलवार वृत्तलाई कम्प्युटर, प्रिन्टरका साथै फर्निचर सामग्री सहयोग हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष जितेन्द्रबहादुर भण्डारीले प्रहरी नायब उपरिक्षक रामकुमार यादवलाई सहयोग हस्तान्तरण गर्दै अफ्ठेरो अवस्थामा प्रहरी र स्थानीय समुदायको समन्वय आवश्यक हुने बताए ।
संकटको बेलामा नागरिकलाई हरेक समय साथ दिने प्रहरीमाथिको आक्रमणको निन्दा गर्दै सकेको सहयोग र समन्वय गर्नु सबैको कर्तव्य भएको भण्डारीले बताए ।
वर्दीविनाका प्रहरीको रूपमा रहने नागरिकको समन्वय र सहयोगमा प्रहरीको मनोबल बढ्ने बताउँदै यादवले नागरिक सहयोग र साझेदारीको भावनात्मक पक्ष बलियो हुने बताए ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग