–भुँइमान्छे
चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।
All the best हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।
यो फेसबुक स्टाटस हो, जुन सेलिब्रेटी मेयर बालेन शाहको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा शनिवार प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरे लगत्तै बालेको यो स्टाटस आएको हो । यो सन्दर्भ केही दिन अघि भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई बाटो बनाएर भारत–चीन व्यापार गर्ने पुरानो सम्झौताको निरन्तरतापछि गर्माएरको राष्ट्रिय बहसका बीच बालेनले मुख खोलेका हुन् ।
बालेन बोलेपछि चर्चा बन्छ, उनको स्टाटसलाई गलत भन्ने त कुरै भएन चायज छ नै भलै उनले यो स्टाटस शंकाका बीच लेखेको हुन् । उनी मात्र होइन धेरैले प्रधानमन्त्री ओलीले यस विषयमा मुख खोल्ने हिम्मत गर्दैनन् नै भन्ने थियो । बालेनको स्टाटसमाथिका कमेन्ट र सामाजिक संजालका हरेक–एकका स्टाटस त्यतै लक्षित थिए ।
तर प्रधानमन्त्री ओली चीन पुगेर चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटमा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्ट रूपमा आपत्ति जनाउँदा सञ्जालमा बिहान प्रधानमन्त्री ओलीमाथि शंका गर्नेहरूमा सन्नाटा छायो (भलै ओलीका झोलेहरूको खेलोखेती पनि देख्न लायक थियो) शंकाका बीच केहीले लेखे, ‘नापिस् बोलेको भए भिडियो देखा’ ।
पछि त्यसलाई पुष्टि गर्ने राजदूतावासमा दस्तावेज, परराष्ट्रका सचिव लगायतका स्टेटमेन्ट आए । त्यति मात्रै होइन चीनले भूमि विवाद नेपाल र भारतको भएको र त्यसमा चीन तटस्थ रहने र नेपालको दावीलाई सम्मान गर्ने प्रसंग पनि आए । प्रधानमन्त्री ओलीमाथि खनिनेले हिजो बोलेर देखा भने बोले पनि भने, ‘फिर्ता ल्याएर देखा मानुम्ला’ ।
अति हाँस्यापद लाग्ने यी प्रसंग प्रधानमन्त्री ओलीको चीन भ्रमण र त्यसको उपलब्धीमाथिको विश्लेषण होइन । समय कालमा त्यसको विश्लेषण पनि गरौंला । त्यसमाथि नेपालका सरकार प्रमुखहरूको भ्रमण साह्रै नै फलदायी भएको भनेर टिप्पणी गरिएका इतिहास नै कहाँ छन् र यो बसाइको छोटो टिप्पणी हामी नागरिक कुन धरातलमा छौं, हाम्रो टिप्पणी कुन धरातलका हुन्छन्, हामी कस्ता कुरामा रमाउँछौं भन्नेमा हो । अर्कोतिर (घिन लाग्दा लाग्दै लेखें) ‘अरुको खुदो आची आफ्नाको आची खुदो’ भने जस्तो कसैप्रति नकारात्मक नै बन्नु पर्ने र नकारात्मक बनेपछि उ जुन दिशाबाट हेरे पनि गलत नै बन्ने÷हुने हामी कुन संस्कारबाट दिक्षित छौं?
‘प्रधानमन्त्रीले लिपुलेक हाम्रो हो भन्दा छाती चौडा भयो’ भनेर यो विचार पोखिएको होइन्। प्रधानमन्त्रीले जुन कुरा भन्नै पथ्र्यो त्यो कुरा भने। विवाद समाधानमा आफ्नै कुटनीतिक प्रयास आवश्यक पर्लान्, विस्तारै समाधान हुँदै जाला अथवा यही रूपमा रहे पनि दाबी पुर्नताजगी हुँदै जाला। तर हामी त यहाँ कसरी हुन्छ आफूलाई चित्त नबुझेको व्यक्तिलाई जसरी पनि फेल गराउने फोहोरी मानसिकताबाट गुज्रियौं। कसैप्रति पनि सकारात्मक र सृजनशील तथा पृष्ठपोषण हुने खालका टिप्पणी गर्नुपर्छ भन्ने नै लागेन।
प्रधानमन्त्री देशको प्रतिनिधित्व गरेर अर्को देशमा पुगेको छ। भ्रमण फलदायी होस्, देशको शिर र नाम उच्च राख्नको लागि कार्यकारीले अर्को देशमा भूमिका निर्वाह गरोस् भन्ने मनोकांक्षा कतै छैन। हामीलाई त प्रधानमन्त्रीले कहाँनेर गल्ती गर्छ र सञ्जालमा फलाक्न पाइएला भन्ने कुरा नै महत्वपूर्ण लाग्यो। भन्दा नमिठो सुनिएला, हामी यति फोहोरी र नकारात्मक बन्यौ कि सायद मनमनै दुआ गर्यौं, ‘प्रधानमन्त्रीको भ्रमण असफल रहोस्’।
हामी कहाँ छौं यार ! हामी कति घृणित मानसिकतासहितका छौं। हामी कसैलाई गलत र कसैलाई सही भन्नकै लागि कति साह्रै नांगिएका छौं। विचारमा कति पतित भएका छौं। विश्वासमा कति अन्धा भएका छौं। धेरैलाई लाग्दो हो हामी समयक्रममा सचेत बन्दै छौं, विचारमा परिपक्व बन्दै गएका छौं, सही गलत छुट्याउन सक्ने भएका छौं, विश्लेषण गर्न सक्ने भएका छौं। तर सबै हेर्दा हामी केही भएका छैनौं। खासमा हामीलाई राष्ट्र, राष्ट्रियता, उपलब्धि, इतिहास, सम्भावना, प्रयास केहीले पनि छुन्न। साह्रै विवेकी ठान्यौं तर विवेक बिर्सियौं। संसार देख्यौं तर धरातल बिर्सियौं।
हामी एउटै डुंगामा बसेर प्वाल पार्ने मात्रै भयौं। हामीमा गलत रूपमा विकास भएको आलोचनात्मक चेत र अन्धभक्ति व्याप्त छ। हामी कसैलाई पूजा गर्न र कसैलाई हिलो छ्याप्नकै लागि तल्लिन छौं, सायद हामी यसकै लागि जन्मिएका हौं । जदौ ।।।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि