• बुधबार, ३१ भाद्र २०८३
  • विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

    विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

    सबलनेपाल संवाददाता
    जेष्ठ १५ २०८२, बिहिबार

    काठमाडौं –नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८२-८३ को बजेटमा सो प्रस्ताव गरिएको हो ।

    नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।

    विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij