काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्रमा देखिएका विकृति नियन्त्रणका लागि नेपाल प्रहरी व्यवसायीहरूसँग समन्वय गरेर अघि बढ्न तयार रहेको जानकारी दिनुभएको छ। शैक्षिक परामर्श संघ (ईक्यान) द्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यको नियमनभित्र रहेर व्यवसाय गर्नेहरूलाई प्रहरीले सधैं सुरक्षा र प्रोत्साहन दिने बताएका छन्।
एसएसपी खड्काले कन्सल्टेन्सीको नाममा सेवाग्राहीबाट प्राप्त भइरहेका ठगीका उजुरी र गुनासाहरूलाई सम्बोधन गर्न नै प्रहरीले अभियान थालेको बताएका छन्। उनले व्यवसायीहरूलाई अनावश्यक हैरान वा आतंकित बनाउने मनसायले प्रहरी प्रेरित नरहेको प्रस्ट पारेका छन्। उनले व्यवसायीहरूलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइदिएमा उनीहरूले राज्यलाई अझ बढी योगदान दिन सक्ने भन्दै सोही सकारात्मक वातावरण बनाउन प्रहरी इच्छुक रहेको बताएका छन्। उनले कन्सल्टेन्सीहरूमाथि गरिएको प्रहरी कारबाहीलाई ‘धरपकड’ नभई ‘नियमन’ को रूपमा लिन व्यवसायीहरूलाई आग्रह गरेका छन्।
दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका संस्थाहरूका कारण समग्र क्षेत्र नै बदनाम भएको उल्लेख गर्दै खड्काले कानूनको पालना अनिवार्य रहेकोमा जोड दिएका छन्। उनले दर्ता नभएका संस्थाहरूमाथि अनुसन्धानका क्रममा केही प्रक्रियागत असहजता भए पनि त्यो सेवाग्राहीको हित र सुरक्षाका लागि गरिएको स्पष्ट पारेका छन्। दर्ता नै नभई सञ्चालन गरिएका र सेवाग्राहीबाट बढी गुनासो आएका संस्थाहरूमाथि प्रहरीले गहन अध्ययन गरेको र कानूनको दायरामा नआएका संस्थामा कुनै समस्या आए त्यसको सम्पूर्ण दायित्व प्रहरीमाथि आउने भएकाले बाध्य भएर कदम चाल्नुपरेको उनले बताएका छन्।
अनुसन्धानका क्रममा राहदानी (पासपोर्ट) नियन्त्रणमा लिइएको विषयमा स्पष्ट पार्दै एसएसपी खड्काले कसैलाई दुःख दिने उद्देश्यले नभई शैक्षिक परामर्शको नाममा भइरहेको मानिस पठाउने कार्यको आधिकारिकता जाँच गर्न मात्र त्यसो गरिएको बताएका छन्। उनले भनेका छन्, “पासपोर्ट किन राखिएको हो भने, कतै शैक्षिक परामर्शको नाममा मान्छे पठाउँदा गलत काम त भइरहेको छैन भनेर बुझ्न हामीलाई अधिकार छ। भेरिफाई गरेपछि, यदि केही नभएको खण्डमा हामी सहर्ष ती कागजात फिर्ता गरिदिन्छौं।”
अगामी दिनमा कुनै पनि अनुसन्धान प्रक्रियामा व्यवसायीहरू र कानूनी परामर्शदाताहरूसँग नजिक रहेर राय-सुझाव लिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। उनले आफूहरू कानून बनाउने निकाय नभई कार्यान्वयन गर्ने निकाय भएकाले कानून कार्यान्वयन गर्ने क्रममा कतै केही कमीकमजोरी भएको खण्डमा सुध्रन तयार रहेको बताएका छन्। अबका दिनमा प्रहरीले व्यवसायीहरूको संस्थासँग समन्वय गरेर नै अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन्। अन्तमा, एसएसपी खड्काले व्यवसायीहरूलाई ढुक्क भएर व्यवसाय गर्न र सेवाग्राहीको गुनासो आउन नदिने गरी काम गर्न आग्रह गर्दै प्रहरी सधैं सहयोगका लागि हाजिर रहने बताएका छन्।
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो