काठमाडौं, टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बुधबारदेखि आईपीओ खुला गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
निष्कासन गरिएको सेयरमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। उक्त सेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। त्यस्तै ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले छिटोमा चैत ११ गतेदेखि ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत १ देखि चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रभावित स्थानीयले आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मेरोसेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
कम्पनीले केयर रेटिङ नेपालबाट ‘बीबी’ रेटिङ प्राप्त गरेको जनाएको छ।
टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २३ करोड ५३ लाख रुपैयाँ रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष तथा डिस्काउन्ट आधारमा १८.३७ वर्ष रहेको छ।
-
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान