काठमाडाैं- गायक उत्तम अनन्त पौडेलले आफ्नो नयाँ गीत ‘वनकी चरी’ सार्वजनिक गरेका छन्। लोक–आधुनिक स्वादमा तयार भएको यो गीतमा गायक पौडेल र गायिका सिम्रन परियारको स्वर रहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक र श्रोताको ध्यान तान्न सफल भएको छ। भिडियोमा कलाकार सुनील क्षेत्री र रोजी लमिछानेको मनमोहक अभिनय समावेश गरिएको छ।
गीतका शब्द पिपला ढुंगानाले लेखेका हुन्। “वनकी चरी हो, रस खान्छे धाइरा” बोल रहेको गीतलाई कृष्ण गान्धर्वले संगीतबद्ध गरेका छन्। संगीत संयोजन दुर्गाबहादुर तामाङ, रेकर्डिस्ट किरण आले तथा मिक्स–मास्टरिङ खड्का बाजुरालीको रहेको छ। गीत आरोह स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियो निर्देशन सुनील क्षेत्रीले गरेका छन्। छायांकन दिनेेश पराजुली, सम्पादन तथा रंग संयोजन अमृत छापागाईं, नृत्य निर्देशन अबी वाग्ले र मेकअप पुनम चौधरीको रहेको छ। भिडियोले गीतका भाव र कथा–रचनालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।
गीत सार्वजनिक गर्दै गायक उत्तम पौडेलले दर्शकले सधैं दिँदै आएको माया र प्रेरणा नै आफूलाई निरन्तर सिर्जना र मेहनततर्फ अघि बढाउने शक्ति भएको बताए। उनका अनुसार ‘वनकी चरी’ लामो तयारी र ठूलो टोलीको मिहिनेतबाट तयार भएको गीत हो, र यसप्रति आफू आशावादी रहेको पनि व्यक्त गरे।
यसअघि ‘पानबुट्टे चोलीमा’मार्फत ठूलो सफलता पाएर चर्चामा आएका पौडेलको नयाँ गीतले पनि सोही लोकप्रियतालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
हेर्नुस् भिडियाे
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”