काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘माग्ने राजा’ को टिकट बुकिङ आधिकारिक रूपमा सुरु भएको छ । सामाजिक सञ्जालमै ‘हट केक’ बनेको यो चलचित्र अब दर्शकले खल्ती एपमार्फत अनलाइनमै सजिलै टिकट बुक गर्न सक्नेछन् ।
भदौ ६ गतेबाट देशभर रिलिज हुने फिल्ममा माग्ने बुढा (केदारप्रसाद घिमिरे)लाई पहिलो पटक लिड रोलमा देख्न पाइने भएको छ । उनीसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने मुनाल घिमिरे निर्माता हुन् । पटकथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन् ।
पहिल्यै सार्वजनिक भएका फस्टलुक, टिजर र गीतले दर्शकको उत्सुकता बढाइसकेका छन् । ‘सुतेर उठेको पैसामा’ बोलको गीतले युट्युबमा मात्रै ३९ लाखभन्दा बढी भ्यु पाइसकेको छ भने टिजरलाई १३ लाखभन्दा बढीले हेरेका छन् ।
टिकट बुकिङ सुरु भएसँगै दर्शकमाझ चलचित्रप्रतिको चर्चा झन् चुलिएको छ । अब प्रतीक्षा भनेको केवल भदौ ६ गते पर्दा उघ्रने क्षणसम्मको मात्र हो ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि