काठमाडौं – नयाँबानेश्वरस्थित बिग एजुकेशन कन्सल्टेन्सीले भदौ १ गते ‘बिग इडियू फेयर’ आयोजना गर्ने भएको छ। ‘भदौ १, अवसर अनेक’ नारासहितको यस मेलामा सात देशका ५० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने छ।
विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेलामा विशेष सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। सहभागी विद्यार्थीहरूले सतप्रतिशत सर्भिस चार्ज छुट, निःशुल्क छात्रवृत्ति सल्लाह, IELTS तथा PTE तयारी कक्षामा ५० प्रतिशत छुट, साथै गोलाप्रथामार्फत आकर्षक उपहार पाउनेछन्।

मेलामा अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, अमेरिका, जर्जिया र दुबईका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित हुनेछन्। बिग एजुकेशनका प्रबन्ध निर्देशक सुरज केसीका अनुसार मेलाको उद्देश्य विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विश्वविद्यालय प्रतिनिधिसँग भेटघाट गर्ने अवसर उपलब्ध गराउनु हो।
फेयर बिहान १० बजेबाट सुरु हुनेछ। केसीले इच्छुक विद्यार्थीहरूलाई यस अवसरको उपयोग गरी आफ्नो भविष्यको योजना साकार पार्न सुझाव दिएका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि