काठमाडौं । गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वरमा सुष्मा महराले लेखेको नयाँ तीज गीत ‘आयो तीज’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक भएको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज छ।
गीतको भिडियोमा गीतकार महरा र प्यारीको अभिनय छ भने निर्देशन शक्ति प्रज्वल घिमिरे, छायांकन चक्रबहादर बराल र सम्पादन सतीश श्रेष्ठले गरेका छन्। कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन्। भिडियो म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सुष्मा महराले गीतका शब्द आफ्नै जीवनकथा भएको बताउँदै दर्शकले यसमा धेरै माया दिने विश्वास व्यक्त गरिन्। संगीतकार न्यौपानेले मौलिक शब्दलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको बताए। निर्देशक घिमिरेले नेपाली कला र संस्कृतिको झल्को दिनेगरी भिडियो निर्माण भएको उल्लेख गरे।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि