जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।
विगत वर्षहरूसँग तुलना गर्दा २०८१-८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।
प्रदेश सरकारले आव ०७५÷७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६-७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७÷७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो ।
यसैगरि आव ०७८-०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९÷८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०÷८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।
मधेश प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि आन्तरिक राजश्व संकलन गर्ने दायरा बढाएको छ ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”