काठमाडौं – नेपाली फिल्म ‘कोशेढुङ्गा’ बाट तीज लक्षित गीत ‘नत्र भने जिन्दगी’ सार्वजनिक भएको छ। समसामयिक सन्देश र सांगीतिक कौशल मिसिएको गीतले सार्वजनिक भएको केही घण्टामै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ।
7 Seas International को युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायिका समीक्षा अधिकारी, गायक खेम सेन्चुरी र दिपिका बायम्बु मगरको स्वर समेटिएको छ। गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने संगीत संयोजन र हुकलाइन सिर्जना खेम सेन्चुरीले गरेका छन्। एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।
गीतको भिडियोमा सुरक्षा पन्त, निती शाह, ऋचा शर्मा, मनजिल कुमार, स्नेहा जोशीलगायत कलाकारको अभिनय तथा तीजको रौनक झल्कने नृत्य प्रस्तुत गरिएको छ। परम्परागत भाव र आधुनिक संगीतको संयोजनले गीतलाई छुट्टै पहिचान दिएको छ।
‘कोशीढुङ्गा’ चलचित्रका निर्देशक सरोज पौडेल हुन्। महिला–केन्द्रित कथामा आधारित फिल्म आगामी भदौ १२ गते नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ। फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, निती शाह, ऋचा शर्मा, सरोज खनाल, मनजिल कुमार लगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको यो गीतले तीजको सांगीतिक माहोलमा नयाँ स्वाद थपेको छ। दर्शकहरूले गीतलाई रमाइलो, जीवन्त र सन्देशमूलक भन्दै प्रशंसा गरिरहेका छन्।
भिडियाे
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि