काठमाडौं –नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ। असार ३१ गते सार्वजनिक गरिएको यो टिजरले छोटो समयमै एक लाखभन्दा बढी भिउज बटुल्दै चर्चा कमाउन सफल भएको छ। जुलाई १५, २०२५ मा सार्वजनिक टिजरले समाचार तयार पार्दासम्म १० लाख ३१ हजार २७० भिउज पार गरिसकेको छ।
चलचित्रले कोरिया जाने सपना बोकेर गाउँबाट सहर पसेका एक साधारण युवकको यात्रा, उसका संघर्ष, प्रेम र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्छ। अभिनेता विजय बरालले कोरियाली भाषा सिक्न काठमाडौं आएका एक युवाको भूमिकामा अभिनय गरेका छन्। पुरोहित पृष्ठभूमिका बुबाको इच्छा र आफ्नो सपना बीचको द्वन्द्व, सहरको कठोर जीवन, नयाँ प्रेमको सुरुवात, र गाउँमै बाँचेको पुरानो सम्बन्धबीचको द्वन्द्व चलचित्रको मूल कथा बनेको छ।

टिजरमा विजय बरालसँगै अभिनेत्री केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा देखिएका छन्। उनीहरूबीचको त्रिकोणात्मक सम्बन्धले कथालाई गहिरो बनाएको देखिन्छ। साथै, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय पनि चलचित्रमा देख्न पाइनेछ।
यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् भने कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। टिजरले निर्देशकको दृष्टिकोणलाई स्पष्ट रूपमा देखाएको छ, जसले नेपाली समाजमा युवाको विदेश मोह, पारिवारिक परम्परा र व्यक्तिगत भावनाबीचको जटिलतालाई गहिरो ढंगले चित्रण गरेको छ।

हिमाल न्यौपानेको यो निर्देशनमा बनेको चलचित्र Paperclip ब्यानरअन्तर्गत निर्मित हो। निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्। मुख्य अभिनेता विजय बरालले हालै सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा उत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका छन् भने सम्पादक भरत रेग्मीले सम्पादनतर्फको अवार्ड जितेका छन्। निर्माण टिमले टिजर रिलिजको अवसरमा दुबैलाई सम्मानितसमेत गरेको हो।

‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आएको यो पहिलो चलचित्र हो। ‘जनै हराएको मान्छे’ आउँदो भदौ ६ गते देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउनेछ। नेपालको वर्तमान सामाजिक सन्दर्भ र युवाहरूको जीवन संघर्षको यथार्थ चित्रण गरिएको यस चलचित्रले दर्शकको मन छुन सफल हुने अपेक्षा गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि