• बिहिबार, १ असोज २०८३
  • चलचित्र ‘यो मन त मेरो नेपाली हो’२७ गतेदेखि ’ प्रदर्शनमा

    चलचित्र ‘यो मन त मेरो नेपाली हो’२७ गतेदेखि ’ प्रदर्शनमा

    सबलनेपाल संवाददाता
    असार २२ २०८२, आइतबार

    काठमाडौं – नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले यो चलचित्रको निर्माण गरिएको हो । उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने जर्मको गरेको छ ।

    फिल्मको लेखक तथा निर्देशन नर प्रधानले गरेका हुन् । चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij