काठमाडाैं – नेपालको समसामयिक पारिवारिक द्वन्द्व र सामाजिक परम्पराको गहिरो संवेदनालाई लिएर निर्माण भएको चलचित्र ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ को पोस्टर आइतबार एकैसाथ देशका आठ सहरमा सार्वजनिक गरिएको छ। काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट एकसाथ अनावरण गरिएको यो कार्यक्रम नेपाली चलचित्र प्रचारमा छुट्टै अभ्यासका रूपमा हेरिएको छ।
निर्माता विमल न्यौपानेका अनुसार, “देशभरका प्रमुख सहरहरूमा एकै समयमा पोस्टर सार्वजनिक गर्नुको उद्देश्य दर्शकमा उत्सुकता जगाउनु मात्र नभएर नेपाली सिनेमालाई फरक किसिमले प्रचार गर्नु पनि हो।”
पोस्टर सार्वजनिकसँगै चलचित्रका निर्देशक हिमाल न्यौपानेको भनाइले चलचित्रको गहिरो पक्ष उजागर गर्छ। निर्देशक भन्छन्, “पोस्टर बोल्दैन, तर भावले चिच्याउँछ। हाम्रो कथा मौनतामा लुकेको छ। पात्रहरूको नजर, तिनका कपडा र हातमा बाँधिएका धागाले संवाद गर्छन्। चलचित्रले त्यही मौन संवाद सुनाउँछ।” पोस्टर सार्वजनिकसँगै चलचित्रको भावनात्मक तहहरूबारे निर्देशक न्यौपानेले विशेष भनाइ छ। उनी भन्छन्, “जनै मात्र हराएको होइन, यहाँ सम्बन्धहरू हराएका छन्। हाम्रा पात्रहरूलाई हेर्दा उनीहरूले बोल्दैनन्, तर उनीहरूको आँखाले चिच्याउँछ। यो फिल्म यिनै मौन चिच्याहटहरूको दस्तावेज हो
निर्माण टिमले दुई फरक पोस्टर सार्वजनिक गरेको छ।

पहिलो पोस्टरमा विजय बरालबीचमा छन्, दायाँबायाँ मिरुना मगर र केकी अधिकारी छन्। तीन पात्रहरू एउटै धागोले गाँसिएका छन्। मिरुना बेहुलीको भेषमा छन्, विजयको कपडामा मिरुनाको रातो र केकीको नीलो रंग मिसिएको छ। यसले पात्रहरूको मानसिक अवस्थालाई चित्रण गर्छ—विजय परम्परागत जिम्मेवारी र व्यक्तिगत चाहनाबीचको दोधारमा छन्।
दोस्रो पोस्टरमा केकी अधिकारी एक्लै छन्। उनको हात पहेँलो, निलो र रातो धागाले बाँधिएको छ। यसले उनी पनि दोधारमा छन् भन्ने देखाउँछ—के उनी भाइ विजयको भावनात्मक निर्णयमा साथ दिनेछिन्, वा सामाजिक संरचनाको निरन्तरतामा अडिग रहनेछिन्रु पोस्टरमा प्रयोग भएका रंग र दृश्य संरचनाले पात्रहरूको मनोविज्ञान उजागर गरेका छन्। निर्देशक न्यौपाने भन्छन्, “धागो हाम्रो सिनेमा प्रतीक हो। जसरी जनैले धर्मको प्रतिनिधित्व गर्छ, यस फिल्ममा धागोले सम्बन्धको उल्झन, आकर्षण र टुटफुटलाई देखाउँछ।”
चलचित्र ‘जनै हराएको मान्छे’ मा विजय बराल, केकी अधिकारी, मिरुना मगरसँगै गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुष भुसाल, भावना खपांगी, रियर राई, रुपेश लामा र सुमन थापा लगायतको अभिनय रहेको छ।
निर्देशक हिमाल न्यौपानेको यो फिल्म, पूर्णबहादुरको सारंगीपछिको विजय बरालको मुख्य भूमिकामा रहेको ठूलो प्रोजेक्ट हो। निर्माता कमल र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटी छन्। नवीन गुरुङ डिओपी र कृष्ण परियार सिनेमेटोग्राफर हुन्। निर्देशक न्यौपाने भन्छन्, “यो फिल्म बाहिरी संवादले होइन, भित्री चिच्याहटले अगाडि बढ्छ। हामीले पात्रको आँखाबाट कथा देखाएका छौं। पोस्टरले त्यो यात्रा सुरु गरिदिएको छ।” ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते देशभर प्रदर्शनमा आउँदैछ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि