काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली चलचित्र उद्योगले गुणस्तरीय फिल्म निर्माण गर्न सके विदेशी चलचित्रभन्दा स्वदेशी चलचित्रले नै दर्शकको मन जित्ने दाबी गरेका छन्।
शनिबार सम्पन्न ८ औँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभएर भौतिक र अभौतिक सुन्दरता बोकेको सशक्त माध्यम भएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए।
मन्त्री पाण्डेले चलचित्र उद्योगलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, “चलचित्र बनाउने विषय निर्माताको मात्र होइन। एउटा चलचित्र सफल हुँदा निर्माता, निर्देशक र कलाकार मात्र होइन, समग्र मुलुकले नै फाइदा लिन सक्छ। आशा र सकारात्मक सोच सिर्जना गर्नका लागि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ।”
उनले नेपालका ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूलाई चलचित्रमा समेटेर पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गरे।
चलचित्र उद्योगलाई साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापीकरणको सोच राख्नुपर्नेमा उनले जोड दिए। “हामी अझै पनि स्वदेशी चलचित्रको सीमित बजारको मात्रै सोच राख्छौं, तर अब हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका चलचित्र निर्माण गर्नुपर्छ।”
नेपालमा चलचित्र लगानी गर्न चाहने उद्योगीहरूलाई सहज वातावरण उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
सहजकर्ताको भूमिका चर्चित सञ्चारकर्मी निमा काफ्लेले निर्वाह गरेका थिए। उनको कुशल प्रस्तुति र संयोजनले कार्यक्रममा थप ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि