काठमाडौँ — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार, राहत व्यवस्थापन र जनधनको सुरक्षाका लागि सरकारले देशभरबाट करिब ८ हजार (७,९९२) प्रहरी परिचालन गरेको छ। विपद्पछिको बहुआयामिक समस्यालाई सम्बोधन गर्न बागमती प्रदेश, प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश, काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश लगायतका विभिन्न युनिटहरू र प्रहरी अस्पतालबाट ठूलो संख्यामा जनशक्ति खटाइएको हो।
प्रभावकारी कार्यसम्पादनका लागि प्रहरी प्रधान कार्यालयमा डीआईजीको नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ। यसका साथै, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ खडा गरी घाइतेको उपचार, स्वदेशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र लगत संकलन भइरहेको छ। दुर्गम तथा सञ्चार विच्छेद भएका स्थानमा खोजी कार्य प्रभावकारी बनाउन १२ वटा ड्रोन, ५ तालिमप्राप्त कुकुर, ७ वटा स्याटेलाइट फोन र शव पहिचानका लागि फरेन्सिक विज्ञसहितको टोलीसमेत खटाइएको छ।
यस त्रासदीपूर्ण अवस्थामा पनि लुटपाट र ठगीमा संलग्न हुनेहरूलाई प्रहरीले कडा निगरानीमा राखी पक्राउ गरेको छ। चितवनको नारायणी नदीले बगाएर ल्याएको शवबाट सुनको गहना लुट्ने दुई जना, धादिङको त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ फुटाएर ९२,६८,५०५ रुपैयाँ हिनामिना गर्ने २९ जना स्थानीय र बाढीपीडितको नाममा नक्कली फेसबुक पोस्ट बनाएर चन्दा उठाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाढी पहाडबाट तराईतर्फ झर्दै गर्दा थप क्षति हुन नदिन चितवनको नारायणी नदी आसपासमा मात्रै ७५७ प्रहरी परिचालन गरी सतर्कता बढाइएको छ। बगाएर ल्याएका अन्य बैंकका सेफहरू सुरक्षित राख्ने र निकाल्ने प्रयास पनि जारी छ। विपद्को यस संवेदनशील घडीमा नागरिकलाई संयमित रहन आग्रह गर्दै नेपाल प्रहरीले सुरक्षा र राहतमा कुनै कसर बाँकी नराख्ने जनाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”