काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको चर्चा बढिरहेका बेला नेपाल आयल निगमले आपूर्ति अवस्था सामान्य रहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ। निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हाल ग्यासको आपूर्ति प्रणाली सहज अवस्थामा रहेको र देशभर पर्याप्त परिमाणमा ग्यास वितरण भइरहेको जनाएको हो।
पछिल्ला दिनहरूमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत ग्यास नपाइएको गुनासो सार्वजनिक भएपछि उपभोक्तामा अन्योल बढेको थियो। तर निगमले यस्तो अवस्था समग्र आपूर्तिको समस्या नभई केही सीमित उद्योगको व्यवस्थापकीय जटिलतासँग सम्बन्धित रहेको स्पष्ट पारेको छ।
निगमका अनुसार जाडोयाममा बढेको मागलाई मध्यनजर गर्दै नियमित रूपमा ग्यास आयात भइरहेको छ। देशभरका उद्योगीका लागि मासिक ४९ हजार ५ सय टनको कोटा निर्धारण गरिएकामा हालसम्मको आयात परिमाण सो माग धान्न पर्याप्त रहेको दाबी गरिएको छ। पछिल्ला तीन महिनाको तथ्यांकअनुसार नोभेम्बरमा ४७ हजार टनभन्दा बढी, डिसेम्बरमा ४८ हजार टनभन्दा बढी र जनवरीमा ४७ हजार टनभन्दा बढी ग्यास आयात भई बजारमा पठाइएको जनाइएको छ।
निगमले बजारमा देखिएको असन्तुलन कृत्रिम अभाव नभई वितरण पक्षको अस्थायी समस्या भएको उल्लेख गर्दै सम्बन्धित उद्योगलाई आपूर्ति प्रक्रिया तीव्र बनाउन निर्देशन दिइसकेको जनाएको छ। सबै ब्रान्डका ग्यास सिलिन्डर चाँडै नै सहज रूपमा उपलब्ध हुने विश्वास पनि निगमले व्यक्त गरेको छ।
आगामी दिनको मागलाई ध्यानमा राख्दै निगमले फेब्रुअरी महिनाका लागि अतिरिक्त तयारीसमेत अघि बढाएको छ। नियमित कोटामा थप २ हजार टन ग्यास आयात गर्ने निर्णय भइसकेको र त्यसका लागि इन्डियन आयल कर्पोरेसनका रिफाइनरी तथा बोटलिङ प्लान्टलाई आवश्यक समन्वय गरिसकिएको जानकारी विज्ञप्तिमा दिइएको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै डरका कारण हुने अतिरिक्त खरिदले नै बजारमा अभावको आभास सिर्जना गर्न सक्ने चेतावनी दिएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग