काठमाडौं — नेपाली शिक्षा परामर्श क्षेत्रमा सक्रिय विरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला क्रिकेटकी अलराउन्डर पूजा महतोसँग ब्रान्ड एम्बासडरको रूपमा सहकार्य गर्ने औपचारिक घोषणा गरेको छ। राजधानीस्थित हिल्टन होटलमा आयोजित विशेष समारोहबीच संस्थाकी संस्थापक तथा प्रबन्ध निर्देशक रेश्मा महर्जनको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो।
समारोहमा विरा एजुकेसनले शिक्षाको क्षेत्रमा गरेको योगदान, भावी योजनाहरू, र प्रेरणादायी साझेदारीहरूको चर्चा गरियो। संस्थाले पूजा महतोजस्तो प्रेरणादायी खेलाडीलाई ब्रान्ड एम्बासडर बनाएर युवामाझ सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेको स्पष्ट पारेको छ।
विगत केही वर्षदेखि नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षाको पहुँचमा पुर्याउँदै आएको विरा एजुकेसन कन्सल्टेन्सी अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, जापान लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनको चाहना राख्ने विद्यार्थीलाई परामर्श, आवेदन प्रक्रिया, भिसा सहायताजस्ता सेवा प्रदान गर्दै आएको छ। संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई विदेशमा अध्ययन गर्न सहयोग पुर्याएको छ।
समारोहमा बोल्दै रेश्मा महर्जनले भनिन्, “हाम्रो उद्देश्य केवल विद्यार्थीलाई विदेश पठाउने होइन, उनीहरूको भविष्य निर्माणमा वास्तविक मार्गदर्शक बन्ने हो। पूजा महतोसँगको सहकार्यले हाम्रो अभियानलाई थप प्रेरणादायी बनाउनेछ भन्ने विश्वास लिएकाछौं।”
ब्रान्ड एम्बासडर नियुक्त भएपछि पूजा महतोले पनि आफू शिक्षा र प्रेरणाको यत्रामा संलग्न हुन पाएकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्, “खेलकुद र शिक्षाको संयोजनमार्फत नयाँ पुस्तालाई सही दिशातर्फ डो-याउन सकिन्छ। म विरा एजुकेसनसँगको सहकार्यबाट उत्साहित छु।”
यस सम्झौताले शिक्षा परामर्श क्षेत्रलाई नयाँ उचाइतर्फ डो-याउने विश्वास लिइएको छ। प्रेरणादायी पात्रसँगको सहकार्यमार्फत विरा एजुकेसनले नेपाली युवालाई शिक्षाको माध्यमबाट विश्वसामु चिनाउने यात्रालाई थप सशक्त बनाउने देखिन्छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग