काठमाडौं । एजुकेसनल कन्सल्टेन्सी एसोशिएसन अफ नेपाल (इकान) को आगामी निर्वाचनका लागि वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयू) ले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका लक्ष्मण पौडेल गुणस्तरीय शिक्षा र विद्यार्थी हितप्रति सधैं समर्पित व्यक्तित्व हुन्। उनले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउने अभियानमा सक्रिय रहेका छन्। साथै, कन्सल्टेन्सी व्यवसायीहरूको हकहित, न्याय र संरक्षणका लागि उनले सशक्त आवाज उठाउँदै आएका छन्।
आफ्नो व्यवसायिक सफलतासँगै, उनले उद्योगभित्रका टिम सदस्यहरू र सहकर्मीहरूको क्षमता अभिवृद्धि र प्रशिक्षणमा समेत सक्रिय रहेका थिए। गत निर्वाचनमा लोकप्रिय मतसहित उपाध्यक्ष पदमा निर्वाचित भएका लक्ष्मण हाल प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु स्वाभाविक रहेको बताउँदै, यसले संस्थाको संगठनात्मक निरन्तरता र सुदृढ नेतृत्व सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । विभिन्न सर्वेक्षण र सदस्यहरूको धारणा अनुसार, लक्ष्मण पौडेल इकानलाई थप व्यावसायिक, पारदर्शी र विद्यार्थीकेन्द्रित बनाउने सक्षम नेतृत्वका रूपमा हेरिनु भएको छ।
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको इकान शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संस्था हो। उनको नेतृत्वमा इकानले व्यावसायिकता, पारदर्शिता र विद्यार्थी हितलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। उनको उम्मेदवारीले शैक्षिक परामर्श क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि