काठमाडौं – पूर्वअर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘यहाँ सरकारले पारदर्शिता खोजेर हुन्छ, भन्सार विन्दुबाटै ठिक नभएपछि व्यापार औपचारिक, पारदर्शी खोजेर पाइन्छ । व्यपारमा पनि समस्या छ, सन्दर्भ मूल्य पनि हेनुपर्छ । ६ महिला अगाडिको हैन हिजोको अस्तिको अहिले त अनलाइनमा सही समयमा सूचना पाउन सकिन्छ । खरिद भएको दिनको अन्तराष्ट्रि मूल्य थाहा पाइन्छ । भन्सार सुधार गर्नुपर्ने छ ।’
उनले सरकारले बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु पर्ने भन्दै व्यापारीले कर तिरोस् भन्ने दायित्व सरकारको रहेको बताए ।
उनले आफ्नो कार्यकालमा सन्र्दभ मूल्य खारेज गर्न खोजेको तर नसकेको भन्दै यसमा ठुलो समस्या भएको बताए ।
‘आजपनि कारोबार मूल्यलाई हामीले हुबहु ट्रान्जेक्सन मूल्यलाई भन्सारमा हुबहु लगाउन सकिएको छैन । मेरो प्रयास त्यसैमा थियो । सन्र्दभ मूल्य खारेज गर्न खोजेको के गर्नु साथिहरु इमान्दार हुनुभएन । कम्पनीको मूल्यमा ५० हजार डलर पर्ने सवारी साधन २५ हजार मै एल.सि खोलेर ल्याइदिनु भयो म अर्थमन्त्री छु अव मैले ट्रान्जेक्सन भ्यालु कसरी स्विकार गर्ने,’ उनले भने ।
यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कानूनमा अधिकतम खुद्रा मूल्य (एमआरपी)को व्यवस्था भएको भन्दै एमआरपी लगाउनुपर्ने बताए ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता