काठमाडौं महलमा ‘चुज मी’ को दोस्रो आउटलेट, फेसनप्रेमीहरूको नयाँ गन्तव्य
काठमाडौं। नेपाली फेसन उद्योगमा आफ्नो अलग पहिचान बनाउँदै आएको ब्रान्ड ‘चुज मी’ ले शुक्रबार काठमाडौं महल, सुन्धारामा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ। पाटनमा पहिलो आउटलेटबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि ब्रान्ड सञ्चालक रिना जोशीले राजधानीको मुटुमा नयाँ शाखा खोलेकी हुन्।
उद्घाटन समारोहमा ग्राहकहरूको उत्साह प्रस्ट देखिन्थ्यो। ब्रान्डप्रति बढ्दो आकर्षण देखाउँदै जोशीले भनिन्,
“फेसन भनेको केवल कपडा मात्र होइन, यो आत्मविश्वास हो। जब मैले ‘चुज मी’ सुरु गरेँ, ग्राहकहरूको माया नै मेरो सबैभन्दा ठूलो शक्ति बन्यो। यही साथ, माया र समर्थनले नै आज यो दोस्रो आउटलेट सम्भव भएको हो।”
शिक्षिकाबाट उद्यमी बनेकी जोशी सामाजिक सञ्जालमा ‘चुज मी दिदी’ भनेर चिनिन्छिन्। उनको टिकटक र फेसबुक भिडियोहरू हजारौंले मन पराउने गरेका छन्। फेसनप्रेमीहरूका लागि कटनका कुर्था, सुरवाल, र सारी विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको छ।

नयाँ आउटलेटको अवसरमा ‘चुज मी’ ले ग्राहकहरूलाई १०% छुट दिने घोषणा गरेको छ। फेसनप्रेमीहरूलाई सम्बोधन गर्दै जोशी भन्छिन्,
“तपाईंहरूले मलाई माया गर्नुभएको छ, साथ दिनुभएको छ। यही विश्वासले नै मलाई अघि बढ्ने ऊर्जा दिएको छ। आज मात्र होइन, सधैंभरि तपाईंहरूसँगै रहन चाहन्छु।”
‘तपाईंले मन पराउने शैली, अब तपाईंकै नजिक’ भन्ने नारासहित खुलेको यो आउटलेट राजधानीका फेसनप्रेमीहरूका लागि नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि