• बिहिबार, १ असोज २०८३
  • नाडाको इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न

    नाडाको इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न

    सबलनेपाल संवाददाता
    जेष्ठ २२ २०८३, शुक्रबार

    काठमाडौं ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो इतिहासमा पहिलो पटक विद्युतीय सवारी साधनहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सफलतापूर्वक सम्पन्न गरेको छ। विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडाले जेठ २२ गते यस वातावरणीय चेतनामूलक र्‍यालीको आयोजना गरेको हो। नाडाको सचिवालय टेकुबाट सुरु भएको उक्त र्‍याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली र कुपण्डोल हुँदै पुल्चोकस्थित ‘द प्लाजा’ मा पुगेर समापन भएको थियो।

    यस ग्रीन ड्राइभ र्‍यालीमा AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business-SKYWORTH र Nepal Insurance Company Limited को समर्थन तथा विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनहरूको उत्साहजनक सहभागिता रहेको थियो। र्‍यालीमा सहभागी भएका कुल १२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्व अध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गर्नुभएको थियो।

    उक्त प्रमाणपत्र वितरण कार्यक्रमको सञ्चालन नाडाका महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो भने र्‍यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गर्नुभएको थियो। नाडाले यस ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍यालीलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij